महानगर भित्रका ३६१ वटा स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) को डिजिटल भर्सन 'डिएचआईएस टु' को युजरनेम र पासवर्ड लिन अनुरोध
काठमाडौं - काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले महानगरक्षेत्र भित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई डिएचआईएस टु (DHIS2) प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ। स्वास्थ्य विभागले महानगरक्षेत्रमा रहेका ३६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थाहरूलाई यो सुविधा उपलब्ध गराउन युजरनेम र पासवर्ड प्रदान गरेको हो। स्वास्थ्य विभागले जारी गरेको सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (HMIS) मार्फत संकलन हुँदै आएकोमा अब यो प्रक्रियालाई अनलाइन प्रणाली (DHIS2) मा रूपान्तरण गर्न लागिएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजत पत्रको प्रतिलिपि र जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपि सहित यथाशीघ्र महानगरपालिकाको स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध छ।” काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार, यो प्रणालीले स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदनलाई अनलाइनमार्फत व्यवस्थित र प्रभावकारी बनाउनेछ।
