फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
छोरीलाई अमलाको अचार निकै मन पर्छ । क्यानेडा पुगेकी छोरीलाई कसरी खुवाउने ? मैतीदेवीका भवानी जैसी अमलाको अचार, सुकेको साग, भुटेको मकै र भटमास बोकेर गोश्वारा हुलाक कार्यालय पुगिन् । उमेरले ६५ पुगेकी जैसीका अनुसार चिट्ठीपत्रका जामाना हराए अब, विदेशमा पनि खानेकुरा पठाउन सजिलो भएको छ ।
