सुहाङ नेम्वाङले भने- कारागारमा नाइके राख्ने कानुनी व्यवस्थाले आश्चर्यमा परेको छु
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा नभएको कारागारमा नाईके, भाईनाईके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन्। बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए।
