त्रिपुरासुन्दरीमा वडागत रुपमै राष्ट्रिय परिचयपत्र वितरण सुरु
तौथली । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा वडा गत रूपमै राष्ट्रिय परिचय पत्र वितरण सुरु भएको छ। तालिका नै बनाएर जनप्रतिनिधिहरूको सक्रियतामा वडा स्तरबाटै नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु गरेको हो । वडागत रूपमा परिचयपत्र वितरणको कार्य आज वडा नम्बर ५ का अध्यक्ष यादव श्रेष्ठको उपस्थितिमा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
