SHARE
बासुरी खबर · मङगलबार २७ साउन २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

बाह्रविसे ३ का विभिन्न स्थानमा जनचेतनामूलक होल्डिङ बोर्ड राख्ने अभियान सुरु

बाह्रविसे । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ३ ले वडा भित्र समुदायका विभिन्न स्थानहरूमा जनचेतनामूलक होर्डिङ बोर्ड राख्ने कार्य सुरु गरेको छ। नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत र वडा अध्यक्ष जीवनकुमार भण्डारीको निर्देशनमा जनचेतनामूलक होर्डिङ बोर्डहरू समुदायका विभिन्न स्थान तथा विद्यालयहरूमा राखिएको बाह्रविसेका स्वास्थ्यचौकीका सिनियर अहेब सूचना प्रवक्ता जितेन्द्र राउतले जानकारी दिए ।