SHARE
बासुरी खबर · बुधबार २८ साउन २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

रसुवा नाका बन्द भएपछि चिनमा अलपत्र परेका १६९ नेपाली पनि तातोपानी नाका हुँदै देश फर्किँदै

तातोपानी । गत असार २४ मा आएको बाढीले मितेरी पुल बगाएपछि अलपत्र परेका १६९ नेपाली आज स्वदेश फर्कदैछन् । उनीहरू सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्कन लागेका हुन् । उनिहरुलाई तातोपानी नाकामा हिमालय सिमापार बाणिज्य संघले खाना र बासको ब्यवस्था गरेको संगले जनाएको छ ।