क्षमादेवी माविमा जनचेतनामूलक होल्डिङ बोर्ड राखियो
बाह्रविसे । बाह्रविसे स्वास्थ्य चौकीको आयोजनामा आज क्षमादेवी माध्यमिक विद्यालय मा विभिन्न जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ। वडाका विद्यालय तथा विभिन्न स्थानमा होर्डिङ बोर्ड राख्ने अभियान अन्तर्गत आज क्षमादेवी माध्यमिक विद्यालयमा बोर्ड राखिएको स्वास्थ्य चौकीका सिनियर अहेव सूचना प्रवक्ता जितेन्द्र राउतले जानकारी दिए।
