SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीले वास्तविकतालाई नजरअन्दाज गर्नुभयो, प्रमाण पेस गर्न तयार छौँ: खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारका पछिल्ला गतिविधिले संवैधानिक मर्यादा, मुलुकको सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताएकी छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै संवैधानिक निकायको स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाइन् ।