SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

कञ्चनपुरको पुनर्वास ३३/११ केभी सबस्टेशन सञ्चालनमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा ३३/११ केभी, ६/८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।