SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीचको समझदारीप्रति मध्यपूर्वमा मिश्रित प्रतिक्रिया

एजेन्सी । अमेरिका र इरानका नेताहरूबीच एक समझदारी पत्रमा विद्युतीय माध्यमबाट हस्ताक्षर भएसँगै यो तत्कालै कार्यान्वयनमा आएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बिहीबार यस ऐतिहासिक विकासको पुष्टि गरेका हुन् । यो कदमले मध्यपूर्वमा जारी तनाव कम हुने आशा जगाए पनि दिगो शान्ति स्थापनाका विषयमा भने यस क्षेत्रका सर्वसाधारणमा संशय र सावधानी देखिएको छ ।