SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

पत्रकार बराइलीलाई धम्की, महासंघको ध्यानाकर्षण

काठमाडौं । समाचार लेखेकै भरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवम् स्टेशन म्यानेजर गोपाल बराइलीलाई धम्की आएको छ । समाचार प्रकाशनको विषयलाई लिएर सामाजिक सञ्जाल म्यासेन्जरमा उनलाई धनकुटाको महालक्ष्मी नगरपालिका ७ आन्द्रुङ निवासी पर्शु कार्कीले गालीगलौज गर्दै धम्की दिएका हुन् ।