SHARE
मकालु खबर · शुक्रबार​ ५ असार २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

मेक्सिको विश्वकपको नकआउट चरणमा

काठमाडौँ । मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने ।