किसानलाई आधुनिकतासँग जोड्ने अनुदानमा यान्त्रिक हलो
ढोरपाटन । बागलुङको जैमिनी नगरपालिकाले किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । गाउँघरमा हलगोरु पाल्न छोडेपछि खेतबारी बाँझो बन्दै गएपछि खेतीयोग्य जमिनमा उत्पादन गर्न किसानलाई अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । पम्परागत खेतीपाती गर्दै आएका किसानलाई आधुनिकतासँग जोड्ने र उत्पादन बढाउने उद्देश्यले यान्त्रिक हलो उपलब्ध गराएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
