फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित
काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ। बिहीबार राति समूह ‘बी’ अन्तर्गत भएको एकपक्षीय खेलमा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो। क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
