SHARE
ओएसनेपाल · शुक्रबार​ २३ साउन २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

काठमाडौँ, २३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ । रास्वपाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट मियाँले राजीनामा दिनुभएको थियो ।