फ्रन्टलाइन हस्पिटललाई सात दिनभित्र सामाजिक सुरक्षा कोषमा कर्मचारी आबद्ध गराउन निर्देशन
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले काठमाडौंस्थित फ्रन्टलाइन हस्पिटलमा श्रमिकहरूको पारिश्रमिक तथा सेवा–सुविधाको अवस्था अनुगमन गर्दै एक साताभित्र सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन निर्देशन दिएको छ। बिहीबार मन्त्रालय र श्रम कार्यालयबाट खटिएको टोलीले अस्पतालमा कार्यरत कर्मचारीहरूको न्यूनतम पारिश्रमिक, सेवा–सुविधा तथा श्रमसम्बन्धी कागजातहरूको अध्ययन गरेको थियो।
