पूर्वी नेपालको संकटले दिएको सन्देश: निर्यात मात्र होइन, घरेलु बजार पनि नेपाली चियाको भविष्य हो
पूर्वी नेपालदेखि झापासम्म फैलिएको चिया उद्योग अहिले भारततर्फ अर्थोडक्स चिया निर्यातमा देखिएको अवरोधका कारण गम्भीर संकटमा परेको छ। वैदेशिक मुद्रा आर्जन, ग्रामीण रोजगारी र औद्योगिक विकाससँग जोडिएको यो क्षेत्र भारतसँग निर्यातमा अत्यधिक निर्भर भएकाले पनि भारतीय बजारमा आउने कुनै पनि नीतिगत परिवर्तनले प्रत्यक्ष असर पार्ने गरेको छ।
