SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

औद्योगिक क्षेत्रका उद्योगबाट ४५ वर्षदेखिको झन्डै एक अर्ब बक्यौता उठायौंः मन्त्री कुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग गरेर पनि बक्यौता नतिर्ने उद्योगहरूमाथि सरकार निर्मम रूपमा प्रस्तुत हुने बताएका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।