मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा पूर्व तयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा मन्त्रालय रहेकाले सोहीअनुसार कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।
