आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछ: प्रमुख कोइराला
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनलाई लक्षित गर्दै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको जनाएको छ । प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले करिब एक साताभित्रै मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर प्रतिकार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताए ।
