SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार ४ असार २०८३ ०२:४६ PM · 1 मिनेट पढाइ

छात्रवृत्तिका लागि एकपटक फेरि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न सकिने 

काठमाडौँ । शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयन आवेदनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । छात्रवृत्ति परीक्षा समितिले आज प्रकाशन गर्दै, पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयन (र्‍यापअप) मा समावेश हुन चाहेका परीक्षार्थीहरूले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको छ ।  यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थामा ४ हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट ३ हजार ५१ जना विद्यार्थी दोस्रो सूचीबाट २३० जना जना गरी ३ हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका १ हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिनुभयो ।   छान्न सकिने विद्यालय र विषयको सूची यहाँ हेर्न सक्नुहुनेछ ।  महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा प्रथम मनोनयन सूची र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयावधिभित्र भर्ना भएका विद्यार्थीको विवरण शिक्षण संस्थाले अद्यावधिक गरेका आधारमा वाँकी रहेका शिक्षण संस्थागत विषयगत सिट संङयामा अन्तिम मनोनयन (¥यापअप) गर्नका लागि सूचना प्रकाशन गरिएको हो ।  आवेदन आज विहान १० बजेबाट खुला भइसकेको छ । असार ८ गते साँझ ५ बजेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं