SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

तनहुँमा वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा सत्र बालबालिकाको गयो ज्यान

तनहुँ । तनहुँमा नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणमा परी सत्र जना बालबालिकाको ज्यान गएको छ । मानव वन्यजन्तु द्वन्द्वका कारण यस अवधिमा ३८ वटा घटना भएका डिभिजन वन कार्यालयले जनाएको छ । वि.सं ०७४ देखि ०८२ सम्मको अवधिमा त्यस्ता घटनामा २१ जना स्थानीय घाइते भएका थिए ।