अख्तियारमाथि दबाब दिएको आरोपबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ
नेपाली कांग्रेसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दबाब दिइएको भन्ने सार्वजनिक आरोपबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई स्पष्ट जानकारी गराउन माग गरेको छ। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरूङले पत्रकार सीताराम बरालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको दाबीलाई गम्भीर रूपमा लिनुपर्ने बताए।
