बालोन डी’ओरको मनोनयन सार्वजनिक
एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो। च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
