SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

सरकार शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजान प्रतिबद्ध छ: शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र सोहीअनुसार आगामी आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाइएको मन्त्री पोखरेलको दाबी थियो ।