SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी मुकेश कुमार कपुरलाई

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मुकेश कुमार कपुरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिएको छ। कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले कपुरलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपुरले सम्हाल्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार