SHARE
हाम्रो खेलकुद · बिहीबार ४ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

डियाज चम्किँदा कोलम्बियाको विजयी सुरुआत

एजेन्सी – कोलम्बियाले विश्वकपमा पहिलो पटक खेलिरहेको उज्वेकिस्तानलाई ३-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको खेलमा कोलम्बियाका लागि ड्यानियल मुनोज, लुइस डियाज र जामिन्टन काम्पाजले गोल गरे। उज्वेकिस्तानका लागि अब्बोसबेक फाइजुल्लायेभले एक गोल फर्काए। कोलम्बियाले ४०औं मिनेटमा अग्रता लियो। लुइस डियाजको उत्कृष्ट पासमा ड्यानियल मुनोजले भलीमार्फत गोल गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद