बिटुमिन अभावले अरनिको राजमार्ग स्तरोन्नति प्रभावित, दुई महिनादेखि पक्की कार्य ठप्प
काभ्रेपलाञ्चोक । बिटुमिन अभावका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य दुई महिनादेखि प्रभावित भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार पक्की गर्ने बाँकी काम र पहिलो चरणमा गरिएको कालोपत्रमाथि ‘आस्फाल’ थप्ने कार्य कच्चा पदार्थको अभावका कारण रोकिएको हो।
