घानासँग पानामा पराजित
एजेन्सी – क्यानडाको टोरन्टोमा भएको फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा घानाले पानामालाई १-० ले हराएको छ। खेल गोलरहित बराबरीतर्फ अघि बढिरहेको अवस्थामा घानाका कालेब यिरेन्कीले इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे। ब्रान्डन थोमस-असान्टेको पासमा यिरेन्कीले नजिकबाट गोल गर्दै घानालाई महत्वपूर्ण जित दिलाए। पानामा इतिहासमै पहिलो पटक विश्वकपमा अंक जोड्ने नजिक पुगेको थियो।
