बुढानिलकण्ठ अपराजित, सेमिफाइनल समिकरण पूरा
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ड नगरपालिका अपराजित रहँदै १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। आज कीर्तिपुर कभर्डहलमा भएको खेलमा बुढानिलकण्ठले ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जित हात पार्यो। निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटर १४-१४ को बराबरीमा सकियो। दोस्रो सेटमा बुढानिलकण्ठले १२-८ को अग्रता बनायो।
