परराष्ट्रमन्त्री स्वदेश फिर्ता, चीन भ्रमण द्विपक्षय सम्बन्ध थप विस्तारमा फलदायी
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किका छन् । उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका हुन् ।
