धितोपत्र बोर्ड र बिमा प्राधिकरणमा ‘१० पुस्ते सम्बन्ध’ केलाएर मात्रै अध्यक्ष नियुक्त गरिन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिमा उच्च सतर्कता अपनाइने बताएका छन्। ती पदहरूमा उम्मेदवारहरूको ‘१० पुस्ते सम्बन्ध’ र विगतका गतिविधिहरू समेत गम्भीरतापूर्वक केलाएर मात्रै नियुक्ति प्रक्रिया टुङ्गोमा पुर्याइने उनको भनाइ छ।
