निजामती सेवामै रहँदा पीआर लिएका कर्मचारीमाथि कारबाही प्रक्रिया सुरु, दुई जनालाई १५ दिने अल्टिमेटम
काठमाडौं । विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई निजामती कर्मचारीमाथि सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै मन्त्रालयअन्तर्गत कार्यरत दुई कम्प्युटर अपरेटरसँग स्पष्टीकरण माग गरेको जनाएको हो।
