SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

बागमती प्रदेश सरकारले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४ः०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिने भएको छ । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिन भनी प्रदेशसभा सचिवालयमा आज सूचना दर्ता गराउनुभएको प्रदेशसभाका सचिव रामकुमार पौडेलले जानकारी दिए ।