SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताएका छन् । पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनको शुभारम्भ गर्दै उनले मुलुकका निम्ति आवश्यक औद्योगिक उत्पादनले मात्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने बताए ।