SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०१:३७ PM · 1 मिनेट पढाइ

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक छिटो टुङ्गोमा पुर्‍याउन समितिलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकमाथि छलफल शुरु गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको बैठकले विधेयकका सम्बन्धमा विज्ञ र संशोधनकर्ता सांसदहरूसँग गरेको हो । बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई छिटो टुंग्याउन समितिलाई आग्रह गरे ।