SHARE
अर्थ संवाद · आइबार​ २८ बैशाख २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

बास अन्तराष्ट्रिय समन्वय विभागले पायो पूर्णता, इश्वर दाहालको नेतृत्वमा समिति गठन”

ओसाका, जापान । बास अन्तराष्ट्रिय समन्वय विभागले पायो पुर्णता असल शाशन तथा भ्रष्ट्रचार विरुद्धको अभियान सञ्चालन गर्दै आएको नेपालको अग्रणि संस्था बागेश्वरी असल शासन अन्तराष्ट्रिय समन्वय विभागले पुर्णता पाएको छ । जापानको टोकियो मा अन्तराष्ट्रिय समन्वय विभाग प्रमुख इश्वर दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गर्दै विभागलाई पुर्णता दिएको हो । जसमा बास अन्तराष्ट्रिय समन्वय विभाग प्रमुख इश्वर दाहाल (जापान ) सदस्य सचिव मेघा रेउले दक्षिण कोरिया क्रमश सदस्य प्रविणकुमार खतिवडा जापान राजाराम बस्नेत साइप्रास सुशील दाहाल पोल्यान्ड मनोनीत भएका छन् । अन्य देशमा समेत रहेका शुशासनका हिमायती युवालाई समेत विभागीय जिम्मेवारी प्रदान गर्दै देशमा बढ्दो भ्रष्ट्राचार बेथिति बिरुद्ध बिधिको शाशन कामय गर्न प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुले रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम गर्ने बास अन्तराष्ट्रिय समन्वय बिभाग प्रमुख इश्वर दाहालले जानकारी दिए । बागेश्वरी असल शाशन कल्ब ( बास) नेपाल नेपालको संघीय प्रादेशिक तथा ७७ जिल्लामा शाखा उपशाखा इकाई रहेको भ्रष्ट्राचार बिरुद्ध असल शाशनको क्षेत्रमा कार्य गर्दै आएको एक गैरसरकारी संस्था हो ।