‘उच्च अदालत जाने तयारीमै थिएँ, त्यसअघि नै पक्राउ गरियो’ : सन्तोष साह
काठमाडौं । चर्चित नेपाली सेफ तथा बिबिसी मास्टरसेफका पूर्व प्रतिस्पर्धी सन्तोष साहले आफूविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय समाचार भ्रामक रहेको बताएका छन्। उनले ४ लाख ५० हजार रुपैयाँको चेक सम्बन्धी विवादमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी रहँदै आफूलाई पक्राउ गरिएको आरोप लगाएका छन्।
