दक्षिण कोरियामा चौथो विश्वकर्मा भलिबल कप हुने
काठमाडौँ (हाम्रो खेलकुद)- दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सद्भाव, मित्रता र एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित चौथो विश्वकर्मा भलिबल कप २०२६ आयोजना हुने भएको छ। विश्वकर्मा समाज दक्षिण कोरियाले नेपाल भलिबल संघ दक्षिण कोरियाको समन्वयमा प्रतियोगिता आगामी जुन २१ मा सञ्चालन गर्ने जनाएको छ। प्रतियोगिता छुङबुक उम्सेङगुनस्थित थेसो राष्ट्रिय खेलकुद केन्द्रमा हुनेछ।
