SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छ : उद्योगमन्त्री यादव

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी