SHARE
बासुरी खबर · शुक्रबार​ २६ बैशाख २०८२ ०१:२६ AM · 1 मिनेट पढाइ

सकियो वाग्मती प्रदेशस्तरीय न्यायिक समिति सम्मेलन

सिन्धुपाल्चोक । वाग्मती प्रदेशभरिका स्थानीय तहका उपप्रमुखहरु सम्मिलित न्यायिक समितिको सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाद्वारा आयोजित वाग्मती प्रदेशस्तरीय भोटेकोशी न्यायिक सम्मेलन २०८२ ले स्थानीय सरकारमा न्यायिक प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ ।