तरलता चाप व्यवस्थापन गर्न राष्ट्र बैंकले थप ४५ अर्ब खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार २८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न बोलकबोल आह्वान गरेको हो।
