एलजीको ‘एसेन्सियल सिरिज’ का नयाँ फ्रिज, वासिङ मेसिन र एयर कन्डिसनर नेपालमा
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको यस श्रृंखलामा दुई ढोके फ्रिज, पूर्ण स्वचालित वासिङ मेसिन र एयर कन्डिसनर समावेश छन्।
