SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

संविधानको रक्षा र समावेशी शासन प्रणालीलाई सुदृढ बनाउने सरकारको दृढता : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई अझ उन्नत, सुदृढ र कार्यान्वयनमुखी बनाउनु आजको मुख्य राजनीतिक विषय भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।