रास्वपाले नियुक्त गर्यो दुई विभागमा प्रमुख, एक उपप्रमुख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यले तीन विभागमा प्रमुख तथा उपप्रमुख नियुक्त गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले रिक्त पदहरूमा नयाँ जिम्मेवारी तोकेको हो । पार्टीले केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा काठमाडौंका श्यामबाबु गौतमलाई नियुक्त गरेको छ ।
