SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ १२:२० PM · 1 मिनेट पढाइ

सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक संविधानमार्फत प्राप्त उपलब्धिहरूको कार्यान्वयनमार्फत समाजमा समानता र न्याय स्थापना गर्न सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, तथा समानुपातिक समावेशी सिद्धान्तअनुरूप प्राप्त उपलब्धिहरू संविधानको मूल मर्म रहेको बताए ।