SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ १२:४९ PM · 1 मिनेट पढाइ

चक्रे मिलनसहित १९ जनाको हिरासत म्याद फेरि ५ दिन थप

काठमाडौं ।  गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाको हिरासत म्याद दोस्रो पटक पनि थपिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनबाट उनीहरू पक्राउ परेका थिए ।