भारत र पाकिस्तानबीच फेरि गोलाबारी
भारत र पाकिस्तानबीचको तनावका बीच जम्मू कश्मीरमा फेरि गोलाबारी भएको छ। कुपवाडा, उरी र पुंछको कर्नाह तथा तंगधारमा गोलाबारी सुरु भएको बीबीसीले उल्लेख गरेको छ। यसबाहेक, पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको छ । यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन्।
