रवि लामिछानेको पक्षमा ३२ लाखभन्दा बढीले गरे हस्ताक्षर, ६२ लाख सहयोग संकलन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा ३२ लाखभन्दा बढी हस्ताक्षर संकलन भएको जनाएको छ । पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार साउन २३ गतेसम्म देशभरबाट ३२ लाख ६ हजार ६०८ जना नागरिकले सभापति लामिछानेको समर्थनमा हस्ताक्षर गरेका छन् ।
