SHARE
लोक पथ · शुक्रबार​ २३ साउन २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

दक्षिण जापानमा ‘पहिले कहिल्यै नदेखेको’ भारी वर्षा !

काठमाडौं । जापानको दक्षिणी भागमा शुक्रबार भारी वर्षा भएको छ भने अधिकारीहरूले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । स्थानीयहरूले यस पहिले कहिल्यै नदेखेको ‘अत्यधिक बर्षा’ भएको बताएका छन् । जापानका विभिन्न भागमा गर्मी बढेपछि यो साता ४१ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।